पु.समाचार

पुर्व सभामुख ढुंगानाको प्रश्नः अविश्वासको प्रस्ताव खै ?

११ चैत्र, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले संसद बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध कुनै कारबाहि नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व सभामुख ढुंगानाले अविश्वासको प्रस्ताव खै ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले राष्ट्रको मुटु-मष्तिष्क संसद बिघटनबादीहरुलाई निरुत्साहित गर्ने अग्रसरता खै ? भन्दै प्रश्न गरेका छन् ।

उनले अगाडी भनेका छन्, अध्यादेश, विधेयक, राष्ट्रियसभा, उपसभामुख, विश्वास र अविश्वासको प्रस्ताव खै ? विघटनवादीहरूलाई निरूत्साहित गर्ने तथा उत्तरदायित्व बढाउने अग्रसरता खै ? उनले यसमाथि आस्थाको प्रश्न बढ्न दिन नहुनेमा समेत जोड दिएका छन् ।

उनको ट्वीटः संसद राष्ट्रको मुटु मष्तिष्क हो । यसमाथि आस्थाको प्रश्न बढ्न दिनु भएन । अध्यादेश, विधेयक, राष्ट्रियसभा, उपसभामुख, विश्वास र अविश्वासको प्रस्ताव खै  ? विघटनवादीहरूलाई निरूत्साहित गर्ने तथा उत्तरदायित्व बढाउने अग्रसरता खै ?