११ चैत्र, काठमाडौं । नेकपा एमालेका नेता डा.भिम रावलले ओलीले पद बचाउन गर्ने सढ्यन्त्रबाट देश जोगाउन सबै एकजुट हुन आव्हान गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको बिभिन्न क्रियाकलाबिरुद्ध बिरोध गर्दै आएका डा.रावलले सामाजिक सञ्जाल ट्वीट माफर्त यस्तो आह्वान गरेका हुन् ।
उनले प्रधानमन्त्री ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासंग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसंग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसंग साँठगाँठ गर्न तल्लीन भएको समेत टिप्पणी गरेका छन् ।
ओलीको यस्ता कार्यका बिरुद्ध देशभक्त सम्पुर्ण नेपाली सजगहुनु पर्नेमा समेत नेता रावलले जोड दिएका छन् ।
उनको ट्वीटः प्रमं केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासंग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसंग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसंग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होअौं !