११ चैत, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राज्य र जनताको सम्बृद्धिलाई थाती राखी व्यक्तिगत स्वार्थमा रमाउने शासक भए नागरिकले कहिले पनि उँभो लाग्ने अवस्था आउन सक्दैन भनेका छन् । उनले जनमतको कदर गर्न नजान्ने शासक र ऊद्वारा स्थापित कुनै पनि राज्य प्रणाली प्रभावकारी नहुने भन्दै हाम्रो जस्तो अल्पविकसित राष्ट्रका लागि युवा नै सर्वेसर्वा भएको ठोकुवा गरेका छन् ।
पुर्व राजा शाहको ट्वीटः राज्य र जनताको सम्बृद्धिलाई थाती राखी व्यक्तिगत स्वार्थमा रमाउने शासक भए नागरिकले कहिले पनि उँभो लाग्ने अवस्था आउन सक्दैन। जनमतको कदर गर्न नजान्ने शासक र ऊद्वारा स्थापित कुनै पनि राज्य प्रणाली प्रभावकारी हुन सक्दैन। हाम्रो जस्तो अल्पविकसित राष्ट्रका लागि युवा नै सर्वेसर्वा हुन्।