सामाजिक सञ्जाल

अहिलेको अवस्थामा प्रतिपक्षी कांग्रेसले घाम तापेर बस्नु हुँदैनः नेता गुरुङ

१२ चैत्र, काठमाडौं । प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले कम्युनिष्ट पार्टीले जनताको विश्वास घात गरेको टिप्पणी गरेका छन् ।

एक सञ्चार माध्यमसंग अन्तवार्ता दिँदै नेता गुरुङले स्थायी र समृद्ध सरकारका लागी जनताले झण्डै दुई तिहाई मत दिएर पठाएपनि कम्युनिष्ट सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बिश्वास जनताको मत माथि कुठाराघात गर्दै संसद बिघटन गरेको समेत बताएका छन् ।

जसले गम्भिर अवस्था निम्त्याए पनि अदालतले संसद पुनः स्थापना गरेको बताएका छन् । साथै उनले १४ औं महाधिवेशनबाट कांग्रेस निर्णायक मण्डलमा आउने र नेपाली कांग्रेसलाई सहमति, सहकार्य र एकताको पार्टी बनाउने समेत बताएका छन् । आफ्नो पार्टी नसुधारिएसम्म देश नसुध्रिने भन्दै पहिले आफ्नो पार्टी सुधारमा कांग्रेस लाग्ने बताएका छन् ।

नेता गुरुङले अहिलेको देशको परिस्थितिमा कांग्रेस घाम तापेर बस्न नहुनेमा जोड दिँदै निकास दिनु पर्ने बताएका छन् । सहमती सहकार्यताका लागीपनि कांग्रेसले अग्रसरता लिनुपर्ने उनको भनाई छ । साथै नेता गुरुङले असंवैधानीक कदम उठाउने ओलीसंग फेरी सहकार्य र सहमतीका विषयमा सोच्नै नसक्ने बताएका छन् ।

उनले ओलीको असंबैधानीक कदमका बिरुद्ध उत्रिएका कुनै एक दलसंग सहकार्य हुनसक्ने उनको भनाई छ । उनले सिंगो संसद नै अनिर्णयको बन्दि बनेको, कुनै बिद्येकमाथि छलफल हुन नसकेको र बिजनेस आउन नसको कारण एउटा निरासा पैदा भएको बताएका छन् ।

संसदीय पद्धतीमाथि नै निरासा पैदा गराउने कार्य सरकार प्रमुख बाट भईरहेको बताएका छन् । उनले अहिले सरकारमा बसेकाहरुले संसदलाई नै निरासा छाउने थलोका रुपमा रुपान्तरण गर्न खोजेको अवस्था देखिएको भन्दै प्रतिपक्षी दल पनि चुप लागेर, मौन ब्रतमा बस्नु दुःखद भएको बताएका छन् ।

मुलुकमा अहिले भएको प्रतिकुलतालाई अनुकुलता गर्ने कौशल केपी ओलीमा नभएको ठोकुवा गरेका छन् । उनले ओलीले सिर्जना गरेको प्रतिकुलतालाई अनुकुलता बनाउन नसक्ने व्यक्तिले राजनीति किन गर्नुपर्यो ? उनको प्रश्न थियो ।

संसद बिघटन गरेका ओलीले राजानामा नदिनुले ओलीको नैतिक पतन भएको पुष्टि हुने समेत बताएका छन् । साथै नेता गुरुङले सभापति भनेको कुनै व्यक्ति नभएर संस्था भएको भन्दै प्रतिकुल अवस्थालाई अनुकुल बनाएर नेतृत्व प्रदान थर्न सक्ने व्यक्ति नै नेता भएको पनि बताएका छन् । नेता गुरुङले वीपी, गणेसमान, कृष्णप्रसाद भट्टराई र सुशिल कोईराला जस्ता नेता अब पाउन नसकिने भन्दै नेता गुङले प्रबृत्ति नफेरेसम्म अनुहार फेरेर मात्रै केहि नहुने बताएका छन् ।