सामाजिक सञ्जाल

ओलीलाई विदागर्न ढिला गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन हैः डा.भट्टराई

१२ चैत्र, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदाई गर्न ढिलाई गरेको भन्दै कांग्रेसको ओलोचना गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनः नयॅा प्रपंच गरिरहेको ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्ष दलको धर्म अनुकुल नभएको बताएका छन् ।

उनले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहने भएको समेत बताएका छन् ।

उनको ट्वीटः बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहने हो । अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनस् नयॅा प्रपंच गरिरहेको ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है !