१३ चैत्र, काठमाडौं । नेकपा एमाले माधन नेपाल समुहका नेता योगेस भट्टराईले एमाले एकता जोगाई राख्नुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त नेता भट्टराईले एमालेको एकता कायम राख्न सबैले आ-आफ्नो क्षेत्रबाट हरसंभब कोशिस गर्नुपर्ने बताएका छन् ।
सबैले थोरै लचकता अपनाएमा एकता जोगाउन सम्भव भएको भन्दै अन्यथा ठुलो नोक्सानी हुने बताएका छन् । पार्टी एकता बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौ पछि धकेल्ने भन्दै अतिबाद र अस्थिरताले के सम्म गर्छ निकट बिगतलाई सम्झे मात्र पुग्छ भनेका छन् ।
ओलीको आह्वानमा आज दिउँसो संसदीय दलको बैठक बस्दै छ । जसमा नेपाल पक्षले पनि सहभागी हुने संकेत देखाएको छ । यसअघि नेपाल पक्षले ओलीले राखेको हरेक बैठक बहिष्कार गरिरहेको थियो ।
पछिल्लो समय माधव नेपाल-झलनाथ खनाल र केपी शर्मा ओलीको दुई समुहले छुट्टा-छुट्टै भेला तथा कार्यक्रमको आयोजना गरिरहेका छन् ।
उनको ट्वीटः नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभब कोशिस गरौ । थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौ पछि धकेल्ने छ । अतिबाद र अस्थिरताले के सम्म गर्छ निकट बिगतलाई सम्झे मात्र पुग्छ ।