१३ चैत्र, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरिको रिहाईको माग गरेका छन् ।
पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले सामाजिक सञ्जाल ट्वीट माफर्त रेशम चौधरीलाई तुरून्त र निःशर्त रिहाई गर्न माग गरेका हुन् ।
डा.भट्टराईले थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकार सहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन गर्न पनि सरकारसंग माग गरेका छन् ।
साथै उनले यो जसपाको सर्वसम्मत र निरन्तरको अडान भएको पनि बतथाएका छन् । यो क्षणिक सत्तास्वार्थनिम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस उनले भनेका छन् ।
उनको ट्वीटः रेशम चौधरी लगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र निस्शर्त गर ! थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकार सहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन गर ! यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो ! यो क्षणिक सत्तास्वार्थनिम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस !