१३ चैत, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नतो धनराज गुरुङले अपराधीलाई पक्राउ गर्न आदेश दिने कि पक्राउ परेर जेल सजाय भोगिरहेकालाई छुटाउन आफै धर्ना दिने हो गृहमन्त्री ज्यु ? भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै राजनीतिलाई अपराधीकरण गर्ने बाटोमा गृहमन्त्री आफैं? भन्दै ठाडो प्रश्न गरेका छन् । उनले गृहमन्त्रीले नै अपराधीलाई छाड्न खोज्नुलाई लज्जा शरम! भनेका छन् । नेता गुरुङले बिहीबार गृहमन्त्री रामबहादुर थापा संसद रेशम चौधरीलाई छाड्न माईतीघरको आन्दोलनमा सहभागीभएपछि आक्रोश पोखेका हुन् ।
नेता गुरुङको ट्वीटः अपराधीलाई पक्राउ गर्न आदेश दिने कि पक्राउ परेर जेल सजाय भोगिरहेकालाई छुटाउन आफै धर्ना दिने हो गृहमन्त्री ज्यु ? राजनीतिलाई अपराधीकरण गर्ने बाटोमा गृहमन्त्री आफैं? लज्जा शरम!