१३ चैत, काठमाडाैं । महालक्ष्मी विकास बैंक लि. ले चैत्र १३ गते शुक्रबारका दिन आफ्नो १९ औँ वार्षिक साधारणसभा भिडियो कन्फरेन्स (Virtual Zoom Meeting)मार्फत सफलता पूर्वक सम्पन्न गरेको छ ।
उक्त साधारण सभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयर धनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.८० प्रतिशत का दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगदलाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्तावपारित गरिएको छ । साथै साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पुँजिगत आधारलाई अझथप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्याकरिब ५ लाखभन्दा बढी रहेको छ ।