आर्थिक

सन्राइजले निष्काशन गर्यो सनराईज ब्लुचिप फण्ड स्किम

१३ चैत, काठमाडौं । सन्राइज सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने सनराईज ब्लुचिप फण्ड स्किमको प्रति इकाई रु १०अंकित दरको १० करोड इकाई (बिज पूँजी वापत कोष प्रवद्र्धक सन्राइज बैंक लिमिटेडलाई छुट्टाइएको एक करोड पचास लाख इकाई सहित) चैत १ गते देखि चैत ८ गते सम्म बिक्री खुल्ला गर्दा सर्वसाधारण तर्फ रु.१० अंकित दरको आठ करोड पचास लाख इकाई निष्काशन गरिएको छ ।

उक्त निष्काशन अवधिमा सर्वसाधारण लगायत बैंक वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीहरुबाट ५६,०५८ जना आवेदकहरुबाट जम्मा १२,३७,६४,५४०इकाईका लागि आस्वा/सिआस्वा मार्फत आवेदन प्राप्त भएकोमा ५३,१४४ जना आवेदकहरुबाट रित पूर्वक प्राप्त भएको ११,८६,१९,८४० इकाईको लागि स्वीकृत विवरणपत्रमा भएको व्यवस्था, सामूहिक लगानी कोष निर्देशिका, २०६९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम १०० कित्ता इकाई देखि ३०,००,००० इकाई सम्म माग गर्ने ५३,१७९ जृना आवेदकहरुलाई माग बमोजिम, ५०,००,००० माग गर्ने ४ जना आवेदकहरुलाई ४६,०५,०२६ इकाईको दरले र १,००,००,००० माग गर्ने २ जना आवेदकहरुलाई ४६,०५,०२८ इकाईका दरले सर्वसाधारणहरुको १०,६२,५०,००० इकाई बाँडफाँड गरियो ।

कोष प्रवद्र्धक सन्राइज बैंक लिमिटेडको १,८७,५०,००० इकाई बिज पूँजी समेत गरी जम्मा १२,५०,००,००० इकाई चैत १३ गते दिउसो २ः०० बजे सनराईज बैंक लिमिटेड लगायत अन्य प्रतिनिधिहरुको उपस्थितिमा सनराईज क्यापिटल लिमिटडमा बाँडफाँड कार्यक्रम सम्पन्न गरियो ।

यस सनराईज ब्लुचिप फण्ड स्किमको इकाई निष्काशनमा सहयोग गर्नुहुने नियमन निकाय, भाग लिने आवेदकहरु, संचार माध्यम तथा अन्य प्रतिनिधिहरु सबैलाई हार्दिक अभार तथा धन्यबाद ज्ञापन गर्दछौ ।