समाचार

सि.सं.२७ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न

१३ चैत, काठमाडौं । शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको सि.सं.२७ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह चैत्र १३ गते प्रधान सेनापति महारथी पुर्ण चन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त तालिममा नेपाली सेनाका ४ जना महिला सहित ६० जना अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ जना तथा मित्रराष्ट्र बंगलादेश, नाईजेरिया, पाकिस्तान, श्रीलङ्का, संयुक्त राज्य अमेरिका र बेलायतबाट १/१ जना गरी ६ जना विदेशी सहित जम्मा ६९ जना शिक्षार्थीहरुले सो तालिम सफलतापूर्वक सम्पन्नि गरी आज दीक्षित भएका छन् । सि.सं.१७ (सन् २०१०) बाट विदेशी शिक्षार्थीहरु सहभागी गराईएको उक्त तालिममा हालसम्म विभिन्न् देशका ८९ जना विदेशी शिक्षार्थीहरु दीक्षित भईसकेका छन् ।

उक्त तालिमको Masters in Strategic Studies (MSS) Program र सोही विषयको सोधपत्र (Thesis Work) अर्थात् Commandant’s Paper तर्फ सेनानी भुमिराज ओझा प्रथम तथा समग्र तालिममा सेनानी समिर श्रेष्ठ सर्वोत्कृष्ट शिक्षार्थी हुन सफल भएका छन् । तालिममा सर्वोत्कृष्ट हुन सफल शिक्षार्थी सेनानी श्रेष्ठलाई प्रधान सेनापति थापाले सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कारु (Best Student Award) प्रदान गर्नुको साथै दीक्षित हुनु भएका सबै शिक्षार्थी अधिकृतहरुलाई ‘PSC’ (Passed Staff College प्रमाण(पत्र वितरण गरेका थिए। सो अवसरमा उनले उक्त कलेजबाट वार्षिक रुपमा प्रकाशन गरिने दि शिवपुरीु जर्नल २२ औं संस्करणको विमोचन समेत गरेका थिए । सोही क्रममाMSS Programme तर्फ प्रथम भएका शिक्षार्थीलाई त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.धर्मकान्त बास्कोटाद्वारा प्रमाण पत्र र Commandant’s Paper तर्फ प्रथम भएका शिक्षार्थीलाई कलेजका शिक्षाधिकृत उपरथी हिरालाल जोशीले सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रतिक तथा नगद पुरस्कार प्रदान गुरेका थिए ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाधिकृत उपरथी जोशीबाट स्वागत तथा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.धर्मकान्त बास्कोटाको शुभकामना मन्तब्य सहित शुरु भएको सो दिक्षान्त समारोहमा दीक्षित भएका अधिकृतहरुलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति थापाले सहभागी सबै शिक्षार्थीहरुको लागि उक्त तालिम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका थिए । सम्बोधनकै क्रममा उनले भावी नेतृत्वहरुले सांगठनिक विचार, नवीनता र दृढ संकल्पको माध्यमबाट परिवर्तनलाई आत्मसात एवं संस्थीकरण गर्दै अगाडी बढन आवश्यक रहेको बताएका थिए।

उक्त कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति, बलाधिकृत रथी, त्रि.वि.मानविकी समाजशास्त्र संकायका डिन र पदाधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, कलेजका पूर्व शिक्षाधिकृतहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, Community Sponsersर शिक्षार्थी अधिकृतहरुका परिवारजनको उपस्थिती रहेको थियो ।