१४ चैत्र, काडमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनको खतरा अँझै नटरेको बताएका छन् । सामाजिक सञ्जजाल ट्वीट माफर्त डा.भट्टराईले यस्तो बताएका हुन् ।
उनले प्रतिगमनकारीसंग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान र लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि रहेको धारणा समेत व्यक्त गरेका छन् ।
डा.भट्टराईले पहिलो बाटो तुलसी गिरी/केशरजंग रायमाझीको र दोश्रो बाटो बिपी/पुष्पलालको भएको भन्दै वुद्धि/ विवेकको प्रयोग गरेर आफै रोज्न सुझाएका छन् ।
उनको ट्वीटः प्रतिगमनको खतरा टरेको छैन ! प्रतिगमनकारीसंग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधानरलोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन् ! पहिलो बाटो तुलसी गिरी र केशरजंग रायमाझीको र दोश्रो बाटो बिपी र पुष्पलालको हो ! वुद्धि र विवेकको प्रयोग गरेर आफै रोजौं !