राजनीति

दम्भ/अहंकार/घमण्ड र घृणालाई पचाएर भएपनि पार्टी बचाउछौंः नेतृ झाँक्री

१४ चैत्र, काठमाडौं । नेकपा एमाले नेपाल-खनाल समुहकी नेतृ रामकुमारी झाँक्रीले जुनसुकै हालतमा भएपनि पार्टी बचाउने संकल्प लिएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै नेतृ झाँक्रीले दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानलाई पचाएरै भएपनि पार्टी एकता बचाईराख्ने बताएकी हुन् ।

नेकपा एमाले फुट्छ भनेर बिभिन्न टिका-टिप्पणी भईरहँदा नेतृ झाँक्रीले यस्तो संकल्प गरेकी छिन् । दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो अवस्थामा रहेको टिप्पणी गर्दै नेतृ झाँक्रीले त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प आाफुहरुको रहेको धारणा व्यक्त गरेकी छिन् ।

उनले भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनुपर्ने समेत बताईन । लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी र पार्टीको बिरासत, सम्पूर्ण शक्ति र सामर्थ्यका साथ यो आन्दोलनलाई विसर्जन हुनबाट बचाउने सबैको युगिन दायित्व भएको समेत बताएकी छिन् ।

उनको स्टाटस्ः दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो छ । त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो । भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनुपर्ने हुन्छ । लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी र पार्टीको बिरासत, सम्पूर्ण शक्ति र सामर्थ्यका साथ यो आन्दोलनलाई विसर्जन हुनबाट बचाउने हाम्रो युगिन दायित्व हो ।