१६ चैत्र, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मेलम्चीको पानी काठमाण्डौका धारामा झर्नु खुशीको कुरा भएको बताएइका छन् ।
आईतबारदेखी काठमाडौंका धारामा मेलम्चिको पानी झरेपछि डा. भट्टराईले यस्तो प्रतक्रिया जनाएका हुन् ।
उनले पचास बर्षदेखिको सपना २० बर्षको उतारचढाव र ३०अर्ब खर्चपछि पूरा हॅुदा सम्बन्धित सबैले जश र पजश पाउने स्वभाविक भएको समेत बताएका छन् ।
डा.भट्टराईले तर त्यसमा माथापच्ची नगर्न सुझाएका छन् । उनले आफ्नो पालामा घोषित १७ राष्ट्रिय गौरवका परियोजनामध्ये अझै १६ बॅाकी रहेको भन्दै ती पूरा गरौं, अनि हॅासौं भनेका छन् ।
उनको ट्वीटः अन्ततस्मेलम्चीको पानी काठमाण्डौका धारामा झर्नु खुशीको कुरा हो ! पचास बर्षदेखिको सपना २० बर्षको उतारचढाव र रू ३०अर्ब खर्चपछि पूरा हॅुदा सम्बन्धित सबैले जशरअपजश पाउने नै छन् स त्यसमा माथापच्ची नगरौं१मेरो पालामा घोषित १७ राष्ट्रिय गौरवका परियोजनामध्ये अझै १६ बॅाकी छन् ! ती पूरा गरौं,अनि हॅासौं !