१७ चैत्र, काठमाडौं । नेकपा एमालेका नेता डा.भिम रावलले आफ्नो कारबाहीलाई ठाडै अस्वीकार गरेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट गरेको निलम्बनलाई लिएर रावलले टिप्पणी समेत गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त नेता रावलले आफूमाथि गरिएको कारबाही पार्टी विधान र नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरङ्कुश र स्वेच्छाचारी कुकृत्य भएको टिप्पणी गरेका छन् ।
नेता रावलले भनेका छन्,‘नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भङ्ग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको यस निर्णयको भर्त्सना गर्दै पूर्णरुपमा अस्वीकार गर्दछु ।’
उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको तानासाही निर्णय अस्वीकार्य भएको बताएका छन् । सोमबार ओलीले नेता रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागी निलम्बित गरेको पत्र पठाएपछि उनले यस्तो ट्वीट गरेका हुन् ।
उनको ट्वीटः