१७ चैत्र, काठमाडौं । नेकपा एमालेका दुई नेता माधव कुमार नेपाल र डा भिम रावललाई अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीलाई लिएर सामाजिक सञ्जालमा चर्काे बिरोध भएको छ ।
ओलीले ६ महिनाका लागी पार्टीको साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेपछि नेपाल पक्षका नेताहरु आक्रोसीत भएका छन् । यसै क्रममा एमाले नेतृ रामकुमारी झाँक्रीले पनि नेता दुईको निलम्बनलाई लिएर ओलीको आलोचना गरेकि छिन् । उनले भनेकी छिन् हेक्का होस्ः पृथ्वी गोलो छ ।
नेतृ झाँक्रिले अरुलाई अपमान र कारबाही गर्नु कमजोरहरुको अन्तिम अस्त्र भएको भन्दै ओली समुहलाई चेतावनी दिएकी छिन् ।
सोमबार ओलीले नेता नेपाल र रावलले पार्टी बिरोधि क्रियाकलाप गरेको र कारबाहीयोग्य स्पष्टिकरण दिएको भन्दै ६ महिनाका लागी एमालेको साधारण सदस्यताबाट निलम्बन गरेका हुन् । साथै नसच्चिए थप कारबाहि गर्ने समेत चेतावनी ओलीले दिएका छन् ।
उनको ट्वीटः कमजोरहरूको अन्तिम अस्त्र हो-जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस् -पृथ्वी गोलो छ ।