राजनीति

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको कार्यान्वयन र विकल्पवारे पुनर्विचार गरौँः अध्यक्ष थापा

१७ चैत, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले हाल विकसित घटनाक्रमले वर्तमान संविधान र व्यवस्थाको औचित्यमाथि गंभीर प्रश्नचिन्ह खडा भएको बताएका छन् । भ्रष्टाचार, धर्मपरिवर्तन, कुशासन, सर्वसत्तावाद र बिदेशीको चलखेल वर्तमान समयका प्रमुख चुनौतीहरू बताउँदै अध्यक्ष थापाले स पृष्ठभूमिमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको कार्यान्वयन र विकल्पवारे पुनर्विचार गरौँ भन्ने प्रस्ताव गरेका छन् ।
हाल नेकपा फुटेर दुई भएको अवस्थामा सर्बोच्च अदालतको निर्णयले नेकपा एमाले र माओबादी केन्द्र पुराना दुई पार्टी बनाईसकेको छ भने दलहरु आन्तरिक झगडामा ब्यस्त छन् यसे समयमा अध्यक्ष थापाले नयाँ कुरा गरेका छन् ।

अध्यक्ष थापाको ट्वीटः हाल विकसित घटनाक्रमले वर्तमान संविधान र व्यवस्थाको औचित्यमाथि गंभीर प्रश्नचिन्ह खडा भएको छ।भ्रष्टाचार, धर्मपरिवर्तन, कुशासन, सर्वसत्तावाद र बिदेशीको चलखेल वर्तमान समयका प्रमुख चुनौतीहरू हुन्। यस पृष्ठभूमिमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको कार्यान्वयन र विकल्पवारे पुनर्विचार गरौँ ।