१९ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले संसदका पछिल्ला गतिबिधिलाई लिएर टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले संसद पुनः स्थापना गलत थियो भन्ने प्रमाणीत गर्न खोजिँएको भन्दै कटाक्ष गरेका छन् ।
स्थापना गलत थियो भन्ने प्रमाणीत गर्न खोजिएको भन्दै यस्तो क्रियाकलापले संसदीय पद्धति नै खतरामा पर्ने नेता गुरुङले औंल्याएका छन् ।
संसद पुनः स्थापित भईसकेपछि बिभिन्न पटक बैठक बसेपनि कुनै काम कारबाही अगाडी बढ्न नसकेको अवस्थामा नेता गुरुङले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
साथै उनले यस बिषयमा सबैलाई खबरदारी समेत गरेका छन् ।
उनको ट्वीटः संसद काम कारबाहीतर्फ फर्केर हेर्दा संसद पुनस्थापना गलत थियो भन्ने कुरा प्रमाणित गर्न खोजीदै छ । खवरदार ! यस्तो क्रियाकलापले संसदीय पद्धति नै खतरामा पर्न सक्छ । होस् पुर्याऔं ।