अन्तर्राष्ट्रिय

विश्वभरमा ३० लाख २३ हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं । विश्वभरमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । आइतबार बिहानसम्ममा ३० लाख २३ हजार दुई सय ५६ कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म विश्वमा १४ करोड १२ लाख ९३ हजार तीन सय ७७ जनामा कोरोना संक्रमण भएको छ । हाल विश्वमा एक करोड ८३ लाख ६२ हजारभन्दाबढी सक्रिय संक्रमित छन् । हालसम्ममा ११ करोड ९९ लाख सात हजार सात सय ७५ जना कोरोनाका बिरामी निको भएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिकामा हालसम्म तीन करोड २३ लाख ७१ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ४९ लाख चार हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ८० हजार सात सय ४४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट तीन हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । हाल नेपालमा पाँच हजार पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।