११ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशमा लोकतन्त्रको नाममा ब्रम्हलुट भइरहेको बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले अहिले देशमा लोकतन्त्रको नाममा ब्रम्हलुट, धर्मपरिवर्तन र सर्वसत्तावाद हावी भएको आरोप लगाएका हुन् ।
उनले सम्झौता अनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरेको तर आन्दोलनकारी दलहरूले राजालाई धोखा दिएर राजसंस्थालाई पाखा लगाएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘२०६३ साल आजकै दिन राजा र आन्दोलनकारी दलहरूबीच सम्झौता भएर आन्दोलन अन्त भएको थियो। सम्झौता अनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरे।तर, आन्दोलनकारी दलहरूले धोखा दिएर राजसंस्थालाई पाखा लगाए। अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको छ ।