१२ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले कोरोना भाइरसको जोखिम बढीरहेकाले अस्पतालमा आवश्यक सामाग्रीको जोहो गर्न आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत डा.भट्टराईले प्राथमिकतामा अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटर लगायत आवश्यक सामााग्रीको जोहो गर्न आग्रह गरेका हुन् ।
उनले प्रधानमन्त्री केपी ओलीलाई संकेत गर्दै राममन्दिर, पशुपतिका गजूर, भ्यूटावर, धरहरा बनाउॅदै पछि बनाउदा पनि हुने बताएका छन् । कोभिड–१९को घातक दोश्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता भएको भन्दै डा.भट्टराईले विश्वको हटस्पट बनेको भारतसंगको खुला सीमानामा आवश्यक व्यवस्था गर्न समेत अनुरोध गरेका छन् ।
उनले लेखेका छन्, ‘कोभिड–१९को घातक दोश्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो । विश्वको हटस्पट बनेको भारतसंगको खुला सीमानामा आवश्यक व्यवस्थापन गरौं।अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटर लगायत आवश्यक सामाग्रीको युद्धस्तरमा जोहो गरौं। राममन्दिर, पशुपतिका गजूर, भ्यूटावर, धरहरा बनाउॅदै गरौंला ।