१२ बैसाख, काठमाडौं । नेपाली काँग्रेसकी साँसद मोहम्मद सिद्धिकीको कोरोना संक्रमणका कारण शनिबार निधन भएको छ । साँसद सिद्धिकीको बाँकेमा कोरोना संक्रमणका कारण भएको निधनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समबेदना दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनीहरुले स्तब्ध भएको बताएका छन् । बरिष्ठ नेता पौडेलले जनताको सेवा लाई आफ्नो कर्तव्य सम्झी सधै जनताको सेवामा अनवरत लागी रहने मोहम्मद सिद्धिकीको निधनले नेपाली कांग्रेस पार्टी र सिङ्गो बाँके कांग्रेसलाई अपुरणिय क्षति पुगेको बताएका छन् ।
काँग्रेस बरिष्ठ नेता पौडेलले भनेका छन्, नेपाली कांग्रेसका तर्फबाट संविधान सभा सदस्य मोहम्मद सिद्धिकीको दुःखद निधनको खबरले अत्यन्तै स्तब्ध भएको छु।
जनताको सेवा लाई आफ्नो कर्तव्य सम्झी सधै जनताको सेवामा अनवरत लागी रहने मोहम्मद सिद्धिकीको निधनले नेपाली कांग्रेस पार्टी र सिङ्गो बाँके कांग्रेसलाई अपुरणिय क्षति पुगेको छ ।
यस दुःखद घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।