काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले दलमा विधान मिच्दै निरंकुशरूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु, कार्वाई गर्नु र कुनै छलफल-परामर्श नगर्नु तर विपक्षी दलसंग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनयविनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको बताएका छन्।
नेता रावलले सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै प्रधानमन्त्री ओलीको यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको आरोप लगाएका छन् ।
ओलीले माधव नेपाल-झलनाथ खनाल समूहका सांसदलाई कारवाही गर्ने तयारी गरेपछि नेता रावलले यस्तो आरोप लगाएका हुन्।
उनले लेखेका छन्, ‘प्रमं केपीले दलमा विधान मिच्दै निरंकुशरूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु,कार्वाई गर्नु र कुनै छलफल-परामर्श नगर्नु तर विपक्षी दलसंग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनयविनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो।यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ।’
प्रमं केपीले दलमा विधान मिच्दै निरंकुशरूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु,कार्वाई गर्नु र कुनै छलफल-परामर्श नगर्नु तर विपक्षी दलसंग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनयविनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो।यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ।
— Dr. Bhim Rawal (@BhimRawal179) May 6, 2021