१ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोगीले काम नगरेर असफल बनाउने प्रयास गरेको संकेत गरेका छन् । पहिलो कार्यकालमा काम गर्न गाह्रो भएपनि केही काम भएको तर्क गर्दै पुनः प्रधानमन्त्रीस् बनेपछि काम देखाउने समय भएको बताएका छन् । प्रमज्यू, केजरीवालले र भूटानले गर्न सक्छन् भने हामी किन सक्दैनौ? भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् । अध्यक्ष थापाले नयॅा कार्यकाल शुरूगर्दा केही नमुनालायक कामहोस् भन्दै अझै समय छ, केही गर्नोस् भनेका छन् ।
अध्यक्ष थापाको ट्वीटः प्रमज्यू, केजरीवालले र भूटानले गर्न सक्छन् भने हामी किन सक्दैनौ? @kpsharmaoli नयाँ कार्यकाल शुरूगर्दा केही नमुनालायक कामहोस्। विवादरअसफलताका वावजुद तपाईंको पालामा केही राम्रा काम भएकाछन्। तर, कोरोना नियन्त्रणमा सरकार प्रभावकारी छैन। तपाईंका सहयोगीहरूले काम गरेनन्। अझै समय छ, केही गर्नोस् ।