राजनीति

रविन्द्र मिश्रको कडा प्रश्नः संघीयता सिंहदरबारको भ्रष्टाचार गाउँगाउँ पुर्याउन चाहिएको हो ?

१ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले संघीयता संघीयता केका लागि हो ? भन्दै कडा प्रश्न गरेका छन् । उनले ट्वीट गर्दै सिंहदरबारको भ्रष्टाचार गाउँगाउँ पुर्याउन चाहिएको हो भनेर आक्रोश ब्यक्त गरेका छन् । मिश्रले संघीयता चाहिएको स्थानीय सुशासनर/विकास/सशक्तिकरणका लागि हो। तर यो संकटका बेला जनताले ‌औषधी/अक्सिजन/अस्पताल/बेड/खाना/पैसा सबै आफैँ खोज्नु परेकोमा चिन्ता ब्यक्त गरेका छन् । हजारौँ स्थानीय जनप्रतिनिधिको व्यापा/रव्यावसाय/कमिशन बढाउन? सिंहदरबारको भ्रष्टाचार गाउँगाउँ पुर्याउन? समयमैँ चेतना भया भन्दै शासकहरुलाई चेतावनीसममेत दिएका छन् ।

संयोजक मिश्रको ट्वीटः संघीयता चाहिएको स्थानीय सुशासन/विकास/सशक्तिकरणका लागि हो। तर यो संकटका बेला जनताले ‌औषधी/अक्सिजन/अस्पताल/बेड/खाना/पैसा सबै आफैँ खोज्नु परेको छ। संघीयता केका लागि हो ? हजारौँ स्थानीय जनप्रतिनिधिको व्यापाररव्यावसायरकमिशन बढाउन? सिंहदरबारको भ्रष्टाचार गाउँगाउँ पुर्याउन? समयमैँ चेतना भया!