राजनीति

डा भट्टराईको स्वीकारः राती-राती ओलीलाई भेटेर मलाई प्रधानमन्त्री बनाउन प्रस्ताब गरेको हुँँ

१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले भेटेको जसपाका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराईले स्वीकार गरेका छन् । उनलाई नेकपा एमालेका युवा नेता महेश बस्नेतले राती राती प्रधानमन्त्री भेटेको र आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको भन्ने लगाएको आरोपको उत्तर दिँदै उक्त कुरा स्वीका गरेका हुन् ।
डा भट्टराईले आफुले प्रधानमन्त्री ओलीलाई भेटेर पुर्व प्रधानमन्त्रीबाहेकका ब्यक्रीबाट प्रधानमन्त्री बनाउन प्रस्ताव गरेपनि प्रधानमन्त्री ओलीले नमानेपछि आफुलाई नै प्रस्ताव गरेको बताएका छन् । नेता बस्नेतले प्रधानमन्त्री ओलीले एउटामात्र साँसद भएको ब्यक्ती तपाई डा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन कसरी सकिन्छ ? भन्ने प्रश्न गरेको आरोप लगाएको मिमियामा सार्बजनिक भएको थियो । राती राती भेट गर्न बालुवाटार जाने अनि फेरि प्रधानमन्त्री ओलीको ठूलो स्वरमा बिरोध गर्ने भन्ने आरोप डा बाबुराम भट्टराईलाई लागेपछि नेता बस्नेतले उक्त कुरा खुलासा गरेका थिए । डा भट्टराईले आफूले केपीशर्मा ओलीलाई भन्दा प्रधानमन्त्रीलाई भेटेको दाबी गरेका छन् ।
डा भट्टराईको ट्वीटः प्रधानमन्त्रीले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो(महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमानरपूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो। वहॉले नमानेपछि अरूलाई नभनेको हुॅ। अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ।सोचौं