काठमाडौं। नेकपा एमालेका नेता गोकर्ण बिष्टले खाडीका विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई धन्यवाद दिएका छन्। खाडीका विभिन्न मुलुकमा रहेका नेपालीहरुले ५६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएपछि बिष्टले धन्यवाद दिएका हुन्।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छ, “खाडीमा रहेका नेपाली श्रमिक साथीहरू, तपाईहरुलाई मेरो सलाम ! हार्दिक सम्मान ! खाडीका विभिन्न मुलुकमा श्रम गरिरहनु भएका तपाईहरुले जन्मभूमिलाई अप्ठ्यारो परेको अवस्थामा आफ्नो गाँस काटेर सास पठाउनुभएको छ । तपाईहरुले पठाएका ५६० थान अक्सिजन सिलिन्डरले थुप्रै नेपाली नागरिकहरूको जीवन जोगिने छ । यो कदमले कोरोना विरुद्धको लडाइँमा यसै गरी सहयोग गर्न सबैमा प्रेरणा जाग्ने छ, तपाईहरुलाई धेरै धेरै धन्यवाद ।”