राजनीति

प्रधानमन्त्री ज्यू, जे पायो उही बोलेर अनगिन्ती ज्यान गुमाउनु परेको जिम्मा तपाईंले लिनुपर्छः अध्यक्ष मिश्र

२ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दर्शक हसाउँदै आवश्यक तयारी नगरेका कारण अनगिन्ती नागरिकले गुमाउनु परेको ज्यानका लागि तपाईंले जिम्मेवारी लिनुपर्छ भनेका छन् । उनले आज प्रधानमन्त्रीले दिएको कोरोना भाईरस यो अवस्थामा आउँछ भन्ने आफुलाई नलागेको भन्ने भिडियोलाई ट्वीटमार्फत सेयर गर्दै सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन् ।
अध्यक्ष मिश्रले प्रधानमन्त्री भएर ‘अनुमान’का भरमा ‘हाम्रो इम्यून सिस्टम बलियो छ’ भन्दै प्रधानमन्त्री हिँडेका भन्दै त्यसको घाटाको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने तर्क गरेका हुन् । अध्यक्ष मिश्र ‘जे भनिदिए पनि हुने, जे गरिदिए पनि हुने, त्यसको लागि दण्डित हुनु नपर्ने। यस्तो पनि हुन्छ ?’ भन्दै प्रधानमन्त्री ओलीसँग जंगिएका छन् ।
अध्यक्ष मिश्रको ट्वीटः प्रधानमन्त्री भएर ‘अनुमान’का भरमा ‘हाम्रो इम्यून सिस्टम बलियो छ’ भनेर गलल्ल दर्शक हसाउँदै आवश्यक तयारी नगरेका कारण अनगिन्ती नागरिकले गुमाउनु परेको ज्यानका लागि तपाईंले जिम्मेवारी लिनुपर्छ। जे भनिदिए पनि हुने, जे गरिदिए पनि हुने, त्यसको लागि दण्डित हुनु नपर्ने। यस्तो पनि हुन्छ ?