काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले केही घटना मानिसको चेत खुलाउने बताएका छन्। घटनाले गर्दा उनीहरुको जिवनमा आमुल परिवर्तन ल्याईदिने भण्डारीले बताएका छन्।
सिद्धार्थ गौतम बुद्ध बन्नु, रत्नाकर डाकु वाल्मीकि बन्नु, हिंसक अशौक बुद्धमार्गी बन्नु यसैगरी यो कोरोनाले पनि हाम्रो नेतृत्वलाई enlightened गरी देश र जनताप्रति उत्तरदायी बनाई दिए हुने बताएका छन्।
भण्डारीले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “केही घटना मानिसको चेत खुलाउने हुन्छन् जसले उनिहरुको जिवनमा आमुल परिवर्तन ल्याईदिन्छ जस्तै सिद्धार्थ गौतम बुद्ध बन्नु, रत्नाकर डाकु वाल्मीकि बन्नु, हिंसक अशौक बुद्धमार्गी बन्नु। यसैगरी यो कोरोनाले पनि हाम्रो नेतृत्वलाई enlightened गरी देश र जनताप्रति उत्तरदायी बनाई दिए हुन्थ्यो । एक मुट्ठी श्वासको कति महत्त्व छ र जीवन कति क्षणभङ्गुर छ तैपनि हामी ब्रह्मलूटमा लागेका छौ – हे कोरोना सबैलाई सिकाई दे हाम्रा बाँचे हामी बाँच्ने हो । लाशको थुप्रो माथि बस्नु राजगद्दीमा बस्नु होईन । होस गरौं !!!”