काठमाडौं । नेपाली कांग्रेसका नेता युवा गगन थापाले प्यारागन पब्लिक स्कुलसंगको सहकार्यमा आजबाट आइसोलेसन सेन्टर शुरु गरेका छन्। नेता थापाले आफ्नो घरमा आइसोलेसनमा बस्न उपयुक्त वातावरण नभएका संक्रमित व्यक्तिहरूले सांसदको कार्यालयका स्वयंसेवकहरुलाई 9860340587 मा SMS गर्न आग्रह गरेका छन्।
उनले सामाजिक संजालमा लेखेका छन्, “प्यारागन पब्लिक स्कुलसंगको सहकार्यमा आजबाट आइसोलेसन सेन्टर शुरु गरेका छौँ।आफ्नो घरमा आइसोलेसनमा बस्न उपयुक्त वातावरण नभएका संक्रमित व्यक्तिहरूले सांसदको कार्यालयका स्वयंसेवकहरुलाई 9860340587 मा SMS गरिदिनु होला।
कामनपा वडा नं ८ र ९ तथा यो अभियानमा जोडिने सहयोगी मनहरू सबैलाई धन्यवाद!”