काठमाडौं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले मदन र कमरेड आश्रितप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेकी छन्। झाँक्रीले भण्डारी स्मृति दिवसको अवसरमा सामाजिक संजाल फेसबुकमा लेख्दै जननेता मदन भण्डारीले जबजमा जोड दिएको विषय कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण, समाज ब्यवस्था र राज्य सत्ताको लोकतान्त्रिकरण रहेको बताएकी छन्।
उनले लेखेकी छन्, “आज जेठ ३ गते मदन-आश्रित स्मृति दिवस। जननेता मदन भण्डारीले जबजमा जोड दिएको विषय हो- कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण, समाज ब्यवस्था र राज्य सत्ताको लोकतान्त्रिकरण। बहुमतको सरकार अल्पमतको विपक्ष, पार्टी भित्र बहुमतको निर्णय अल्पमतको कदर, बैचारिक संघर्ष र विचारको स्वतन्त्रता। जबजका कथित अनुयायीले आज राज्य र पार्टी कसरी चलाउदैछन? यि यस्ता प्रश्न गर्न सक्ने वैचारिक सदस्य भएको पार्टी निर्माण आजको आवश्यकता हो।कमरेड ←मदन र कमरेड आश्रित प्रति हार्दिक श्रद्धासुमन!”