४ जेठ, नुवाकोट । नुवाकोट काँग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले पत्रकार माहासँघ बाग्मतिका लागि २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको बताएका छन् । सभापति केसीले संचारकर्मीहरुको उपचार र राहतका लागि नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले स्थापना गरेको कोभिड विपद व्यवस्थापन कोषमा नेपाली काँग्रेस नुवाकोटको तर्फबाट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका छन् ।
बिषम परिस्थितीमा पनि संक्रमण रोकथाम र नियन्त्रणका क्षेत्रमा भएगरेका प्रयासहरुका बारेमा आम नागरिकलाई सुसुचित गराउँदै सबैलाई संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रण्टलाईनमा रहेर उत्प्रेरित गर्दे आएका संचारकर्मीहरुपनि संक्रमणको जोखिममा पर्न थालेका भन्दै उक्त सहयोग गराउने निर्णय गराएका हुन् ।
निर्णयपछि बिज्ञप्ती प्रकाशित गर्दै केसीले भनेका छन्ः मुलुक कोरोना संक्रमणले आक्रान्त छ । यस्तो बिषम परिस्थितीमा पनि संक्रमण रोकथाम र नियन्त्रणका क्षेत्रमा भएगरेका प्रयासहरुका बारेमा आम नागरिकलाई सुसुचित गराउँदै सबैलाई संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रण्टलाईनमा रहेर उत्प्रेरित गर्दे आएका संचारकर्मीहरुपनि संक्रमणको जोखिममा पर्न थालेका छन् ।
यसै सन्दर्भमा कोरोना संक्रमणको जोखिममा रहेका संचारकर्मीहरुको उपचार र राहतका लागि नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले स्थापना गरेको कोभिड विपद व्यवस्थापन कोषमा नेपाली काँग्रेस नुवाकोटको तर्फबाट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको जानकारी सहित सबैलाई यस अभियानमा सहभागी हुन समेत अपील गर्दछु ।
जगदीश्वरनरसिंह केसी
सभापति
नेपाली काँग्रेस, नुवाकोट