काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले घरमै आइसोलेसनमा रहेका बिरामीहरुलाई अस्पताल जान आउन,परीक्षण गर्न वा आइसोलेसन सेन्टर जानको लागि नि:शुल्क यातायात सेवा सुरु गरेका छन्।
थापाले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन्, “घरमै आइसोलेसनमा रहनुभएकालाई अस्पताल जानआउन,परीक्षण गर्न वा आइसोलेसन सेन्टर जानको लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ४ को नेतृत्वमा नि:शुल्क यातायात सेवा सुरु गरेका छौँ।
सम्पर्क:कामनपा तर्फ:9851096303
बुनपा तर्फ:9851065256/9851072129
वा हटलाइन नं. 9860340587 मा SMS गर्नु होला।”