सूचना प्रविधि

एनसेलद्वारा सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग

७ जेठ, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले यस कोरोनाभाइरस रोग (कोभिड १९) को संक्रमणले ल्याएको महामारीको जोखिम कम गर्न सरकारलाई सहयोग गर्दै आफुले हस्तान्तरण गर्ने १५० थानभन्दाबढि अक्सिजन कन्सन्ट्रेटर्स मध्ये पहिलो लट शुक्रबार स्वास्थ्यतथा जनसंख्यामन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

कोभिड–१९ विरुद्घ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले १५० थानभन्दा बढि पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । कोरोनाभाइरस रोगबाट संक्रमित बिरामीहरु जसको रगतमा अक्सिजन लेबल कम हुन्छ त्यस्ता बिरामीहरुका लागि अक्सिजन एक आधारभुत मेडिकल आवश्यकता हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार कम्पनीले प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटर्सको पहिलो लट अन्तर्गतका कन्सन्ट्रेटर्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्र प्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । कोरोना बिरामीको उपचारका लागिअक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालहरुमा यी कन्सन्ट्रेटर्स हस्तान्तरण गरिने छन् ।

“एनसेलबाट आएको यो अक्सिजन कन्सन्ट्रेटर्स सहयोगको हामी कदर गर्दछौं । अक्सिजनको चरम अभाव रहेको अहिलेको विषम परिस्थितीमायी कन्सन्ट्रेटर्सले जीवन बचाउन एकदमै ठूलो महत्व राख्दछ ।” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । “स्वास्थ्य तथा जन संख्या मन्त्रालयसँगको सहकार्यमा एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत आएको यो सहयोगले गम्भीर बिरामी भई श्वासप्रश्वास प्रणालीमा समस्या झेलिरहका मानिसको जीवन बचाउन योगदान दिनेछ र साथै जिल्लास्तरका अस्पतालहरुको चिकित्सा पुर्वाधार विकासमा सहयोग पुर्याउने छ ।”

एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भने, “देशका जनताहरुलाई सेवा प्रदानगर्ने हाम्रो कार्यलाई निरन्तरतादिदैं यस महामारीको समयमा अमुल्यजीवन बचाउँन सहयोग पुर्याउने हेतुले हामी अस्पतालहरुलाई १५० थानभन्दा बढि अक्सिजन कन्सन्ट्रेटर्स प्रदान गर्दैछौं । एक जिम्मेवार कर्पोरेट नागरिकका रुपमा महामारी शुरु भए लगतै गतवर्ष हामीले सरकारद्वारा स्थापित कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोषमा १० करोड रुपैयाँ योगदान गर्यौं । कोभिड प्रतिकार्य अन्तर्गत नै हामीले धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल कोभिड–१९ हटलाइन सेवापनि शुरु गरिसकेका छौं। यसले चौबीसै घण्टा स्वास्थ्य परामर्श दिनुका साथै घरमै आइसोलेसन बसेका सबैलाई दिनहुँ स्वास्थ्य परामर्श प्रदानगर्दछ ।”

एनसेल कोभिड–१९ हटलाइन सेवा ९८०५५५४५०० मा फोनगरि कोरोनाभाइरस रोग सम्बन्धीकुनै पनि जिज्ञासा भए हटलाइन मार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन सकिन्छ । साथै धुलिखेल अस्पतालमा स्थापना भएको हटलाइनको कल सेन्टरले देशभरि घरमै आइसोलेसनमा बसेका बिरामीलाई दैनिक निःशुल्क स्वास्थ्य परामर्श पनि प्रदान गर्दछ ।

यस अप्रत्याशित अवस्थामा आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थतथा सुरक्षितवातावरण प्रदान गर्न एनसेल प्रयासरत छ । अत्यावश्यक सेवाप्रदायक र जिम्मेवार कर्पोरेट नागरिकको नाताले हामी नेपालभरका लाखौं ग्राहक, साझेदार र कर्मचारीको सुस्वास्थ्य सुनिश्चित गर्न प्रतिबद्घ छौं । यस कठिन परिस्थितिमा सबै नागरिकलाई स्वच्छ/स्वस्थ रहन रभौतिक दूरी कायम राख्न आग्रह गर्दछौं ।

यस विषम परिस्थितिमा ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले डेटा प्याकमाबोनस, वर्क फ्रमहोम प्लानहरु, डिजिटल प्लाटफर्मबाट सेवाहरु खरिद गर्दा बोनस डेटा, सापटी सेवामा थप विकल्पहरु, जस्ता विभिन्न राहत प्याकहरु ग्राहकका लागि ल्याएको छ । यसले अत्यावश्यक सञ्चार सेवामाथिको पहुँच अझै सरल तथा सुलभ बनाउन योगदान गर्दछ ।

आफ्ना कर्मचारी कल्याणका लागि संचालित अभियानअन्तर्गत, एनसेलले यस कठिन समयमा आफ्ना कर्मचारीहरुलाई विषेश होम केयर सहयोग पनिप्रदानगर्दै आएको छ । यस सहयोग अन्तर्गत कम्पनीले इमरजेन्सीका बेलामा काठमाडौं भित्र र जिल्लामा रहेका कर्मचारीहरुलाई तत्काल अक्सिजन कन्सन्ट्रेटर्स, ह्वील चेयर र स्टे«चर उपलब्ध गराउँदछ । यसका साथै कम्पनीले आफ्ना कर्मचारीहरुलाई मास्क, स्यानिटाइजरको व्यवस्था गर्नुका साथै उनीहरुलाई आवश्यक परेको खण्डमा औषधीहरु घर—घरमै डेलिभरी गरिदिने व्यवस्थापनि गरेको छ । कम्पनीले डाक्टर तथा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई भर्चुअल सेसन मार्फत कोभिड—१९ को लक्षण, बच्ने उपायतथात्यसको उपचार, फोक्सोको कार्य सुधार गर्ने तथा शरीरमा तनावको स्तर कम गर्ने विविध विषयमा कार्यक्रमहरु पनि संचालन गरेको छ ।

एनसेलको सामाजिक पहलअन्तर्गत एनसेलले स्वास्थ्यतथा जनसंख्यामन्त्रालय सँगको सहकार्यमा गतवर्ष देखिनै कोरोभाइरसबाट बच्ने जनस्वास्थ्य सम्बन्धी जनसचेतना अभिबृद्घिका सन्देशहरु विभिन्न माध्यमहरुबाट प्रवाहगर्दै आएको छ । सन् २०२० मा एनसेलले कोभिड प्रतिकार्य अन्तर्गत कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोषमा रु १० करोड योगदान सहित गरी
 ९.७० अर्ब बराबरको सेवा, सुविधा र योगदान पुर्याएको थियो । कोरोनाको दोस्रो लहरले सिर्जना गरेको कठिन परिस्थितीमा आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपुर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउन एनसेलले प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु, र एनसेल सापटीमा विभिन्नथप सुविधालगायतका राहत अफरहरु प्रदानगर्दै आएको छ ।