सामाजिक सञ्जाल

लोकतन्त्रको नाममा ब्रम्हलुट गरे, ओली र देउवा दुबै जाली र कीर्ते हुन्ः कमल थापा

७ जेठ, काठमाडौं । आज प्रधानमन्त्री बन्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दाबी गर्दै राष्ट्रपति बिद्यादेवी भण्डारीसँग दाबी गरेका छन् ।
यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई एमालेको १२१ जना र जनता समाजबादी दलको ३२ साँसदको सहमती भएको दाबी छ । यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई १४९ साँसदको समर्थन भएको दाबी छ । यो दुबै जोड्दा जम्मा समानुपातिक र प्रत्यक्ष निर्बाचितलगायतबाट २७५ जना साँसद हुनुपर्नेमा ३०२ हुन्छ । यसै बिषयमा राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीका दुबै दाबी कीर्ते भएको दाबी गरेका छन् ।
पुर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले ‘दुवै जाली/किर्ते हुन्। दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणा होस्।’ भन्दै राष्ट्रपति बिद्यादेवी भण्डारीसँग माग गरेका छन् । अध्यक्ष थापाले ‘यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे। अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’ भनेका छन् । राष्ट्रपति महोदय, दुवै दावीमा संविधानको धारा ७६ (५) अनुसार ‘बिश्वासको मत प्राप्तगर्ने’आधार छैन भन्ने कुरा राख्दै अध्यक्ष थापाले उक्त विचार राखेका छन् ।
अध्यक्ष थापाकाे भनाइ: अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई साँकेतिक रुपमा दुवै जालीरकिर्ते हुन् भनेको देखिन्छ ।
राष्ट्रपति महोदय, दुवै दावीमा संविधानको धारा ७६ (५) अनुसार ‘बिश्वासको मत प्राप्तगर्ने’आधार छैन।
दुवै जालीरकिर्ते हुन्। दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणा होस्। यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे। अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ