७ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले १५३ जनाको समर्थन भएको भए सरकारले ७६ (३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ? भनेर प्रश्न गरेका छन् ।
नेता थापाले आक्रोश पोख्दै भनेका छन्, ‘प्रधानमन्त्रीले विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६ (५)को सरकार गठनको ढोका खोल्ने, ’राष्ट्रपतिले’विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएकोुभन्दै आव्हान गर्ने। अब फेरी जालझेल!’
उनले भनेका छन्, ‘यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ। राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ।’
उनले भनेका छन्, ‘महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ !! नभए भिर बाट खस्ने लाई राम राम !’
गगनको प्रतिकृयाः १५३ जनाको समर्थन भएको भए सरकारले ७६ (३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ? प्रधानमन्त्रीले विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६ (५)को सरकार गठनको ढोका खोल्ने, ’राष्ट्रपतिले’विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएकोुभन्दै आव्हान गर्ने। अब फेरी जालझेल!
यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ। राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ।
महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ !! नभए भिर बाट खस्ने लाई राम राम !