राजनीति

प्रतिनिधिसभा बिघटनमा धनराज गुरुगंको प्रतिकृयाः मध्यरातमा राष्ट्रपति निर्बस्त्र

८ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातमा सम्पन्न मन्त्रिपरिषद्को बैठकले औगामी कात्तिक २६ र मङ्सिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्न सिफारिश गरेपति नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुग आक्रोशित भएका छन् । उनले ट्वीट गर्दै मध्यरातमा राष्ट्रपति निर्वस्त्र१ भन्ने प्रतिकृया दिएका छन् ।
नेता गुरुगंले संबिधानको धारा ७६(५)बमोजिम सरकार गठनका लागि आह्वान गर्ने आफैं, शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दावी गरेपछि मध्यरातमा संसद नै विघटन भन्दै अचम्म भएको बताएका छन् । नेता गुरुगंले मुलुकको अभिभावक बन्नुको सट्टा राष्ट्रपति ओलीको कार्यकर्ता बनेर निर्वस्त्र बनिन् भन्ने दाबी गरेका छन् ।
नेता गुरुगं भन्छन्ः
मध्यरातमा राष्ट्रपति निर्वस्त्र!
संबिधानको धारा ७६(५)बमोजिम सरकार गठनका लागि आह्वान गर्ने आफै।
शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दावी गरेपछि मध्यरातमा संसद नै विघटन१
मुलुकको अभिभावक बन्नुको सट्टा राष्ट्रपति ओलीको कार्यकर्ता बनेर निर्वस्त्र बनिन्।