गण्डकी प्रदेश

राष्ट्रपतिको कदमको विरोधमा चितवनमा नेविसंघले गर्यो नाराबाजी सहित पुत्ला दहन

८ जेठ, चितवन । शुक्रबार राती राष्ट्रपति विद्या भण्डारीद्वारा प्रतिनिधि सभा विघटन गरेपछि यसको विरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ चितवनले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको छ ।

शनिबार साँझ नेविसंघले भरतपुरको हाकिम चोकमा प्रधानमन्त्री र राष्ट्रपति बिरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेको हो । नेविसंघका जिल्ला अध्यक्ष सूर्य ढकाल, उपाध्यक्ष राजन दाहाल, सचिव गणेश रिजाल, विद्यार्थी नेता श्रीकृण्ण लामिछाने, सह सचिव रविन क्षेत्री, आशिस बस्नेत, नरेस भट्ट, विपिन खतिवडा लगाएत नेताहरुको नेतृत्वमा पुत्ला दहन गर्दै विरोध प्रर्दशन गरिएको थियो । लोकतन्त्रको विरुद्ध राष्ट्रपतिले चालेको कदम प्रति खेद प्रकट गर्दै विभिन्न राजनैतिक दल, सामाजिक संस्थाहरुले पनि असन्तुष्टी जनाएका छन् ।