काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले लोकतन्त्रबादी नेता र बिग हाउसवाला ठुला मिडिया धारी पत्राकारको घरमा बा आमालाई बुवा हजुर, मुवा हजुर, सुकला होइबक्सोस, श्रीमानलाइ आइसो, भुजा ज्युनार गरिस्यो, श्रीमतीलाइ आउ,आउनुस, देबर, नन्दलाइ,देबर राजा नन्द महारानी, छोरा छोरीलाइ आइसो ,खाइसो। कर्मचारी र सहयोगीलाइ त्ँ तिमी छुट्टै भात भान्छा गर्ने चलन रहेको बताएका छन्।
बस्नेतले घरमा यस्तो चलन भए पनि लोक्तन्त्र र समानताको नारा दिदैँ राष्ट्रपति, प्रधानमन्त्री र उच्चतहमा जिम्मेवरी लिएका ब्यक्तिहरुलाइ तँ तिमी भन्ने भन्दै आपत्ति जनाएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, “हाम्रोमा कथित लोकतन्त्रबादी नेता र बिग हाउसवाला ठुला मिडिया धारी पत्राकारको घरमा बा आमालाइ बुवा हजुर, मुवा हजुर, सुकला होइबक्सोस, श्रीमानलाइ आइसो, भुजा ज्युनार गरिस्यो, श्रीमतीलाइ आउ,आउनुस, देबर, नन्दलाइ,देबर राजा नन्द महारानी, छोरा छोरीलाइ आइसो ,खाइसो। कर्मचारी र सहयोगीलाइ त्ँ तिमी छुट्टै भात भान्छा गर्ने चलन छ्। अफ्नो घरमा समेत असमान ब्यबहार गर्ने तिनै मित्रहरु,
लोक्तन्त्र र समानताको नारा दिदैँ राष्ट्रपति, प्रधानमन्त्री र उच्चतहमा जिम्मेवरी लिएका ब्यक्तिहरुलाइ तँ तिमी भन्ने गर्छन्।
अनि त्यस्तै आज सत्ता प्राप्त गर्ने असंबैधानिक, अलोकतान्त्तिक र अनुचित हर्कत पुरा नभएको झोकमा राष्ट्रपति ज्युलाइ कांग्रेसले औपचारिक पत्रमा स्तरहिन स्ंबोधन गरेछ्। अब भन्नोस आजको कांग्रेस र त्यो दलका शभापति सहितका नेताहरुलाइ के भन्ने? नेता बन्ने प्रक्रिया भनेको आम मान्छे बाट बिकसित र परिसकृत भएर खास बिशिस्टता हासिल गरेपछि पाइने बिस्वास,भरोसा र सम्मान बाट त होला नी। तेसै बि पी लाइ महामानव र मदन भण्डारीलाइ जननेता भनेको होइन होला नि । बर्त्मानको क्षणिक उत्तेजना, घमण्ड, रिस र आग्रहमा यस्ता कृयाकलापले क्षणिक त स्वाद पर्ला,जब दुई, चार बर्ष पछी फर्केर यस्ता कर्मको समिक्षा गरिन्छ नि अनि त्यस्ता कृत्य सम्झदा आफैलाइ हिनताबोध हुन्छ या हास्यसपद लाग्नेछ्।”