राजनीति

राष्ट्रपतिद्वारा जारी भएको राष्ट्रघाती नागरिकता अध्यादेश तत्काल फिर्ता हुनुपर्छः अध्यक्ष थापा

९ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले कोरोना महामारी र राजनीतिक अस्थिरताबिच सरकारले जारी गरेको अध्यादेशको भत्सर्ना गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै नागरिकता विधेयक संसदमा विचाराधिन भएकोले सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो सम्वेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी जारी गरेको भन्दै त्यसको कडा बिरोध गरेका छन् । उनले आज जारी भएको नागरीकता बिधेयक राष्ट्रहित विपरित र आपत्तिजनक अध्यादेश भएकाले फिर्ता हुनुपर्छ भन्ने माग राखेका छन् ।

अध्यक्ष थापाको ट्वीटः नागरिकता विधेयक संसदमा विचाराधिन छ। तर, सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो सम्वेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बिच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछु। यो राष्ट्रहित विपरित र आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छ