गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महामानव गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि देखाउनुभएको मार्गदर्शनलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताएका छन् । २५६५औँ बुद्ध जयन्तीका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमार्फत स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण बुद्ध धर्मावलम्बी तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् ।
नेपालको राजनीतिमा देखिएको उथलपुथलका कारण जनअपेक्षा पूरा गर्न बाधाव्यवधान आइपरेको बताउँदै उनले यस अवसरमा बुद्धले व्यवहारमा प्रदर्शन गरेको त्याग र तपस्याको बाटो वर्तमान अवस्थामा झनै सान्दर्भिक हुने विश्वास व्यक्त गरेका छन् । नेपालको पवित्र भूमिमा जन्मेर विश्व मानवका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्ध नेपालका मात्र नभई विश्वकै प्रेरणाका स्रोत भएको बताउँदै मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमा विश्वले मानव कल्याणको बाटो अनुसरण गर्न जुन प्रयत्न गरेको छ नेपालीका लागि वर्ग भएको उल्लेख गरेका छन् ।