१२ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ, पश्चिमाञ्चल क्याम्पसले चैत्र ३ गते देखि रोकिएका परिक्षाहरु यथाशीघ्र वैकल्पिक माध्यमबाट गर्नका लागि क्याम्पस प्रशासनको माध्यमबाट इन्जिनियरिङ्ग अध्ययन संस्थान, आइओइ लाई अनुरोध गरेको छ ।
आज एक विज्ञपति निकाल्दै त्रिविले अनलाइन परिक्षाका लागि बाटो खोलिसक्दा आफ्नो परिक्षाको सम्बोधन कुनै पनि निकायले नगरेकोमा दुःख प्रकट गर्दै वैकल्पिक बाटोका बारे पहल गरेर विद्यार्थीहरुको अन्योलता चिरिदिनका लागि प्रशासनसमक्ष अनुरोध गरेको छ ।
स्थगित भएका उक्त परिक्षाहरु वैशाख १७ गतेका लागि निर्णय भएको तर देशव्यापी फैलिएको महामारीका कारणले दोस्रो पटक स्थगित भएको थियो१पास आउट हुने बेला परिक्षाको सुचना कुर्नुपर्दा अन्तिम वर्षका विद्यार्थीहरु अझ बढी मारमा छन् ।
अन्तिम बर्षका बिद्यार्थी हरुको २ ओटा बाकी रहेको परिक्षालाई बैकल्पिक ढंगले निकास नगर्दा भबिस्य माथी क्याम्पसको बेवास्ता प्रती चौथो बर्षका बिद्यार्थीहरु आक्रोसित छ्न्