१२ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुलाई प्रश्न गरेका छन् । उपत्यकामा कडा बनाउँदै एक हप्ताका लागि निशेधाज्ञा थप गरेको र त्यसमा एक हप्तालाई पुग्ने अन्न किन्न आग्रह गरेको बिषयमा नेता गुरुगंं आक्रोशित भएका छन् ।
नेता गुरुगंले भनेका छन्, ओ काठमाडौं भ्यालीका सिडिओ साबहरु१ सबै जनता तपाईंहरू जस्तै हुनेखाने छैनन्। जसको घरमा वर्षौंलाई पुग्ने अन्न होस्।
उनले एक हप्ताको अन्न जोहो गर्न नसक्ने हुँदा खाने जनता पनि छन् भन्ने दाबी गर्दै ‘एक हप्तालाई पुग्ने अन्न सरकारले घरघरमा पुर्याई दिन्छ बाहिर ननिस्कनुस् भन्नुस्।’ भनेका छन् ।
नेता गुरुगंले ट्वीट गर्दै एक हप्ताका लागि खानेकुरा किन्न नसक्ने गरीबले बाँच्नै नपाउने हो ? भनेर कडा प्रश्न गरेका छन् ।