सूचना प्रविधि

आज घट्यो कोरोनाबाट मृत्यु हुने र संक्रमित संख्या, बढ्यो निको हुने दर ?

१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०६ जना कोरोना संक्रमणका कारण निधन भएको छ । आजबाट नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ६९ सय ५१ पुगेको छ । २० हजार ९९२ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ९३९ जनामा कोरोना संक्रमण भेटिएको छ । आज कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ हजार २२६ जना पुगेको छ ।
अन्य दिनको तुलनामा कोरोना संक्रमणबाट निधन हुने, संक्रमित संख्या आज ह्वात्तै घटेको छ भने निको कुनेको संख्या संक्रमित भन्दा बढेको छ । १४ गतेबाट उपत्यकाका निशेधाज्ञा कडाई भईरहेका बेला शुभ संकेत देखिन थालेको छ ।