पत्रपत्रिका

बारपाकमा दिनमै ३ जनाको मलामी

काठमाडौं । एघार सय घरधुरी एकै ठाउँ झुरुप्प रहेको बारपाकमा कोरोना महामारी भयावह बनेको छ । दिनमै तीन जनासम्मको मृत्यु भइरहेको छ ।

तर, स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेका छैनन् । सय(डेढ सय जनासम्म मलामी गइरहेका छन् । कोरोना परीक्षण गर्न पनि स्थानीय अनिच्छुक देखिएका छन् ।

जेठ महिना लागेदेखि १३ दिनमा १२ जनाको मृत्यु भएको स्थानीय जितबहादुर घलेले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।