राजनीति

प्रधानमन्त्री ओलीलाई चोर, डाँकाको संज्ञा दिंदै नेता गुरुङले लगाए यस्तो आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रायःजसो चोर, डाँकाले चोरी, डकैती रातमा गर्ने बताएका छन्। गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विषयलाई लिएर यस्तो बताएका हुन् ।

ओलीले मध्यरातमा संसद विघटनको लागि सिपारिस गरेपछि राष्ट्रपतिले संसद विघटन गरेकी थिइन् । उक्त विषयलाई लिएर गुरुङले ओलीलाई साँकेतिक रुपमा चोर, डाँकाको संज्ञा दिएका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “प्रायःजसो चोर, डाँकाले चोरी, डकैती रातमा गर्छन्। कतै मेरो संबिधान र लोकतन्त्र पनि चोरी, डकैतीमा नपरोस्।
पशुपतिनाथसँग प्रार्थना गर्छु।”