काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाले पीडित हुनुभएका बारपाकी जनसमुदायमा आफू प्रतिनिधि भएर पनि आफै कोरोना र पेटको अपरेसनका कारण थलिएर यो दु:खको घडीमा उपस्थित हुन नसकेकोमा क्षमा मागेका छन्।
उनले सामाजी संजालमा लेख्दै .कोरोना परीक्षण गर्न नडराऊॅ, थाहा पाए उपचार हुन्छ, थाहा नपाए मरिन्छ, हल्लामा नलागौं भन्दै आग्रह गरेका छन्।
उनले लेखेका छन्, “पहिले भूकम्प र अहिले कोरोनाले पीडित हुनुभएका बारपाकी जनसमुदायमा अपील:१.तपाईंको निर्वाचित प्रतिनिधि भएर पनि आफै कोरोना र पेटको अपरेसनका कारण थलिएर यो दुखको घडीमा उपस्थित हुननसकेकोमा क्षमाप्रार्थी छु:२.कोरोना परीक्षण गर्न नडराऊॅ!थाहा पाए उपचार हुन्छ;थाहा नपाए मरिन्छ!हल्लामा नलागौं!”