बाग्मती

बादललाई पराजित गर्दै निर्वाचित राष्ट्रियसभा सदस्य देवकोटाको सपथ ग्रहण आज

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटाले आज सपथ लिदैछन् । देवकोटा गत ६ जेठमा नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै निर्वाचित भएका थिए ।

माओवादी छोडेर बादल एमाले प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो ।