१४ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले स्वास्थ्यकर्मीमाथी आक्रमण भएको घटनामा बिरोध जनाएका छन् । उनले ट्वीट गर्दै सत्ता र पार्टीवाट संरक्षितहरुद्वारा महामारीको यस्तो विषम परिस्थितिमा अहोरात्र ड्युटीमा खटिएका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुमाथि हमला गर्नु जघन्य अपराध भएको बताएका छन् ।
डा कोईरालाले आह्वान गर्दै भनेका छन्, ‘नेपालगञ्ज र बिराटनगरका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु आक्रमण गर्नेमाथी कानुनी कारवाही गरौं, सामाजिक बहिष्कार गरौं ।’ डा कोईरालाले नेकपा एमाले निकटका ब्यक्रीहरुबाट १३ गते भएको अस्पतालको स्वास्थ्यकर्मीमाथीको आक्रमणको निन्दा गरेका हुन् ।
उनको ट्वीटः सत्ता र पार्टीवाट संरक्षितहरुद्वारा महामारीको यस्तो विषम परिस्थितिमा अहोरात्र ड्युटीमा खटिएका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुमाथि हमला गर्नु जघन्य अपराध हो।
नेपालगञ्ज र बिराटनगरका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु आक्रमण गर्नेमाथी कानुनी कारवाही गरौं, सामाजिक बहिष्कार गरौं।