१४ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनर्स्थापना भएमा पुनः ओली नै प्रधानमन्त्री हुन्छन् भन्ने ठोकुवा गरेका छन् ।
अध्यक्ष थापाले ट्वीट गर्दै को पक्ष लियो भन्छन्। तर, ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा भएको बताएका छन् ।
उनले यो भविष्यवाणी होईन, संसदीय गणितले त्यहि भन्छ भनेका छन् । चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा को बलियो भनेको बताएका छन् ।
उनको ट्वीटः चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा @PM_Nepal पक्ष लियो भन्छन्। तर, ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्। चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनर्स्थापना भएमा पुनः ओली नै प्रधानमन्त्री हुन्छन्। यो भविष्यवाणी होईन, संसदीय गणितले त्यहि भन्छ ।